प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न



काठमाडौं, ११ पुस : काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने बोली व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरी नागरिकमैत्री सेवा प्रदान गर्नुका साथै तालुक कार्यालयहरुबाट भएको नीति निर्देशन अक्षरंस पालना गर्न निर्देशन दिनुभयो ।
सडकमा खटिने ट्राफिक प्रहरी प्रति राज्यका हरेक निकाय तथा आम नागरिकसम्मको चासो हुने हुदा ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्यलाई मध्यनजर गरी जवाफदेही तवरले कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभयो ।
ट्राफिक प्रहरीद्वारा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी परिसर, वृत्त र प्रभाग प्रमुखहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी