निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस



प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी काठमाडौँमा राँके जुलुस निकालेका छन्। संयुक्त जेन–जी आन्दोलनको आयोजनामा माइतीघर मण्डलाबाट सुरु भएको जुलुसमा सहभागी युवाहरूले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए।

जुलुसमा सहभागीहरूले “प्रधानमन्त्री राजीनामा दे”, “युवा आवाज दबाउन पाइँदैन” लगायतका नारा लगाउँदै सरकारमाथि दबाब सिर्जना गर्ने प्रयास गरेका थिए। आयोजकका अनुसार हालको सरकार जनआकांक्षा अनुरूप नचलेको, युवाका मुद्दा बेवास्ता गरिएको र दमनको नीति अपनाइएको भन्दै विरोध प्रदर्शन गरिएको हो।

यसैबीच, जेन–जी आन्दोलनका एक अभियन्ता निकोलस भुसालको अनसन जारी रहेको छ। आन्दोलनका अगुवा अजय सोडारीले अनसनस्थल आसपास प्रहरीको उपस्थिति बढेको र पक्राउ नगरे पनि निरन्तर धरपकड तथा लखेट्ने प्रयास भइरहेको आरोप लगाए। उनका अनुसार यस्तो गतिविधिले शान्तिपूर्ण आन्दोलन दबाउने सरकारी मनसाय स्पष्ट देखिन्छ।

राँके जुलुस अजय सोडारीसहित सुनिल सिंह, प्रकाश रावल, अर्जुनजंग मल्ल, सुसिल बुढाथोकी र वीरजंग विकको नेतृत्वमा निकालिएको थियो। जुलुसमा सहभागीहरूले गृहमन्त्री ओमप्रकाश अर्याल र ‘हामी नेपाल’ अभियानका संयोजक सुधन गुरुङविरुद्ध पनि नाराबाजी गरेका थिए। उनीहरूमाथि आन्दोलन कमजोर पार्न र सरकारको पक्षमा उभिएको आरोप लगाइएको छ।

आन्दोलनकारीहरूले सरकार युवाको असन्तुष्टि सुन्न तयार नभएको, वार्ताको सट्टा बल प्रयोगको नीति अख्तियार गरेको आरोप लगाउँदै तत्काल प्रधानमन्त्रीको राजीनामा, अनसनरत अभियन्ताको सुरक्षाको प्रत्याभूति र युवासँग औपचारिक संवाद सुरु गर्न माग गरेका छन्।

संयुक्त जेन–जी आन्दोलनले आगामी दिनमा दबाबका कार्यक्रम थप कडा बनाउने चेतावनी दिएको छ। माग सम्बोधन नभए देशव्यापी आन्दोलन विस्तार गर्ने र अनिश्चितकालीन संघर्षमा उत्रिने उनीहरूको भनाइ छ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी