रवि–बालेनसँग सहमति नभएपछि कुलमानले समाते बाबुराम र जनार्दनको हात



 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग सहमति नजुटेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)सँग चुनावी सहकार्य गर्ने निर्णय गरेको छ।
प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले नेपाल प्रेसलाई जानकारी दिँदै आज साँझ ६ बजे दुवै पार्टीबीच औपचारिक सहमतिपत्रमा हस्ताक्षर हुने बताए। उनका अनुसार आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर दुवै दलबीच चुनावी तालमेल गर्ने समझदारी बनेको हो।
यसअघि कुलमान घिसिङको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र मेयर बालेन शाहसँगको सम्भावित एकतामा पटक–पटक जोडिएको थियो। तर पार्टीको अस्तित्व, नेतृत्व र निर्णय प्रक्रियामा सहमति हुन नसकेपछि उज्यालो नेपाल पार्टी त्यस समीकरणबाट बाहिरिएको थियो। सोही पृष्ठभूमिमा कुलमान संरक्षक रहेको पार्टीले वैकल्पिक राजनीतिक धारका अन्य शक्तिसँग सहकार्य खोज्दै प्रलोपा रोजेको हो।
प्रगतिशील लोकतान्त्रिक पार्टीको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वऊर्जामन्त्री जनार्दन शर्मा रहेका छन्। जनार्दन शर्मा ऊर्जामन्त्री रहँदा नै कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए, जसले देशभर विद्युत् आपूर्तिमा सुधार र लोडसेडिङ अन्त्यको श्रेय पाएको थियो। यही साझा पृष्ठभूमि र राजनीतिक समझदारीका कारण दुवै दलबीच सहकार्य सहज बनेको बताइन्छ।
उज्यालो नेपाल पार्टीले आफू आत्मसमर्पण गरेर कुनै दलसँग एकतामा नजाने स्पष्ट अडान लिँदै आएको छ। पार्टी नेतृत्वले सहअस्तित्व, सम्मान र साझा एजेन्डामा आधारित सहकार्यलाई प्राथमिकता दिने बताउँदै आएको छ। प्रलोपा र उज्यालो नेपालबीचको सहमति पनि यही आधारमा बनेको जनाइएको छ।
दुवै दलले लोकतान्त्रिक सुशासन, सामाजिक न्याय, भ्रष्टाचार नियन्त्रण र वैकल्पिक राजनीतिक शक्तिको सुदृढीकरणलाई साझा एजेन्डा बनाउने तयारी गरेका छन्। सहमतिपत्रमा चुनावी तालमेलको स्वरूप, उम्मेदवार चयन र साझा अभियानबारे स्पष्ट खाका समेटिने बताइएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपा–बालेन समीकरण असफल भएपछि कुलमान घिसिङ पक्षले प्रलोपा रोज्नुले वैकल्पिक राजनीतिक ध्रुवीकरणलाई नयाँ मोड दिन सक्छ। आगामी निर्वाचनमा यो सहकार्यले कति प्रभाव पार्छ भन्ने चासोका साथ हेरिएको छ।
तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं : चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान

अनन्त शिक्षा सदनद्वारा कास्य पदक जितेकी रेनु सम्मानित

काठमाडौं , पुस १२: भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले

अभियन्ता आशिका तामाङलाई रास्वपाबाट समानुपातिक प्रस्ताव, समानुपातिक होइन प्रत्यक्ष लड्छु : तामाङ्ग

सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण अर्को साता

 सामाजिक सञ्जालमा हामी