अभियन्ता आशिका तामाङलाई रास्वपाबाट समानुपातिक प्रस्ताव, समानुपातिक होइन प्रत्यक्ष लड्छु : तामाङ्ग



सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रस्ताव गरेका छन्। रास्वपाको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाउनुपर्ने समयसीमा नजिकिँदै जाँदा बालेनले सम्भावित उम्मेदवारहरूसँग दिनभर छलफल गरेका हुन्।
आइतबार दिनभर बालेनले समानुपातिकतर्फ आकांक्षा राख्ने तथा आफूले प्रस्ताव गरेका व्यक्तिहरूसँग छलफल गरेको स्रोतले जनाएको छ। सोही क्रममा सामाजिक अभियन्ता तामाङसँग पनि भेटवार्ता भएको हो। तामाङका अनुसार आइतबार साँझ बालेननिकट टोलीसँग बसेर छलफल हुँदा मेयर शाह स्वयं उपस्थित थिए र उनले समानुपातिक उम्मेदवार बन्न प्रस्ताव राखेका थिए।
तर तामाङले समानुपातिक उम्मेदवारीप्रति रुचि नरहेको स्पष्ट पारेकी छन्। उनले यसअघि सामाजिक सञ्जालमार्फत सार्वजनिक मत सर्वे (पोल) राखेर जनमत बुझेकी थिइन्, जहाँ ९२ प्रतिशत सहभागीले प्रत्यक्ष निर्वाचनमै प्रतिस्पर्धा गर्न सुझाव दिएका थिए। सोही जनमतका आधारमा आफू प्रत्यक्ष निर्वाचनमै जाने पक्षमा रहेको उनले बताइन्।
‘मैले सामाजिक सञ्जालमा पोल राख्दा ठूलो बहुमतले प्रत्यक्षमा लड्न सुझाव आयो,’ तामाङले भनिन्, ‘त्यसैले समानुपातिकभन्दा प्रत्यक्ष नै उपयुक्त हुने सल्लाह भएको छ।’ उनले प्रत्यक्ष उम्मेदवारीको तयारी भए पनि कुन निर्वाचन क्षेत्रबाट उठ्ने भन्ने विषय भने अझै टुंगो नलागेको जानकारी दिइन्।
आशिका तामाङ पछिल्लो समय सामाजिक अभियानमार्फत चर्चामा रहेकी छिन्। उनले राजनीति प्रवेशबारे सार्वजनिक रूपमा राय माग्दै जनमत संकलन गरिरहेकी छन्। बालेनको प्रस्ताव र जनमत सर्वेपछि उनको राजनीतिक यात्राबारे चासो थप बढेको छ। निर्वाचन आयोगमा बन्दसूची बुझाउने समयसीमा नजिकिँदै गर्दा रास्वपा र बालेन नेतृत्वको टोलीले उम्मेदवार चयन प्रक्रियालाई तीव्र बनाएको देखिन्छ।
तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं : चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान

अनन्त शिक्षा सदनद्वारा कास्य पदक जितेकी रेनु सम्मानित

काठमाडौं , पुस १२: भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले

रवि–बालेनसँग सहमति नभएपछि कुलमानले समाते बाबुराम र जनार्दनको हात

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण अर्को साता

 सामाजिक सञ्जालमा हामी