तेक्वान्दो टोली चीन जाँदै



काठमाडौं : चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान सान तेक्वान्दो खुला च्याम्पियनसिपमा लिटिल बड स्कुलका ५ खेलाडी र गोंगबु तेक्वान्दो डोजाङका ८ गरी १३ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
लिटिल बडबाट यु–६ महिला एकल पुम्सेमा इनाया महर्जन, यु–८ एकल पुम्सेको पुरुषमा अभेन थापा र महिलामा आरभी ज्ञवाली तथा यु–१० एकल पुम्सेको पुरुषमा आयाम पौडेल र महिलामा यात्ना तिमिल्सिनाले कौशल प्रदर्शन गर्ने छन् ।
गोंगबुबाट पुरुष २६ केजीमा सोहन पाठक, महिला ३० केजीमा हृदियानी बस्नेत र महिला ३६ केजीमा जोलिना बस्नेत खेल्ने छन् । यु–८ महिला एकल पुम्सेमा माइरा कार्की, यु–१२ पुरुष एकल पुम्सेमा श्रेयान कार्की र सक्षम श्रेष्ठ, यु–१४ महिला एकल पुम्सेमा आश्रिया उपाध्याय तथा यु–१८ पुरुष एकल पुम्सेमा युजेन तामाङले सहभागिता जनाउने छन् ।
लिटिल बड र गोंगबु दुवैका प्रशिक्षक सरोज तामाङ हुन् । सरोजसंगै विकेश विडारी प्रशिक्षकका रुपमा चीन जाँदै छन् । अन्तर्राष्ट्रिय रेफ्री अस्मिता खड्काले प्रतियोगतामा निर्णायकको भूमिका निर्वाह गर्ने छिन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य कुमार लामा घिसिङ, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सो अवसरमा राखेप सदस्यमा नियुक्त भएकोमा घिसिङलाई गोंगबु र गोलढुंगा तेक्वान्दो डोजाङले सम्मान गरेको थियो । डिसेम्बर ३१ देखि जनवरी ३ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली मंगलबार चीन जाने   छ ।

अनन्त शिक्षा सदनद्वारा कास्य पदक जितेकी रेनु सम्मानित

काठमाडौं , पुस १२: भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले

रवि–बालेनसँग सहमति नभएपछि कुलमानले समाते बाबुराम र जनार्दनको हात

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग

अभियन्ता आशिका तामाङलाई रास्वपाबाट समानुपातिक प्रस्ताव, समानुपातिक होइन प्रत्यक्ष लड्छु : तामाङ्ग

सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स

जेन–जी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको २२औँ संस्करण अर्को साता

 सामाजिक सञ्जालमा हामी