ए डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित



अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरसका कारण ए डिभिजन फुटसल लिग अनिश्चितकालका लागि स्थगित गरेको छ।

एन्फाका महासचिव इन्द्रमान तुलाधरका अनुसार आगामी जेठ १ गतेदेखि हुने भनिएको लिग अर्को सूचना प्रकासन नभएसम्मका लागि स्थगित गरिएको हो।

लिग कास्कीको पोखरामा हुने तय थियो। एन्फाको फुटसल कमिटीले आयोजना गर्ने उक्त लिगमा कूल १० टोलीको सहभागिता रहने बताइएको थियो।

बागमती प्रदेशबाट चार, प्रदेश नं १ र गण्डकी प्रदेशबाट दुई–दुई, प्रदेश नं २ र लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको टोलीले उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्ने तय थियो।

लिगका लागि सबै प्रदेशमा छनोट समेत भएको थियो।

लिगको विजेताले रु १० लाख, उपविजेताले रु ५ लाख तथा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्ने एन्फाको भनाइ थियो।

एन्फाले सहभागी प्रत्येक टोलीलाई रु एक लाख उपलब्ध गराउने बताएको थियो।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी