उपत्यका बाहिर गएकाहरुले पनि भेरोसिल खोपको दोश्रो मात्र लगाउन पाउने,स्थानीय तहमा नाम टिपाउन आग्रह



५ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको भेरोसिल खोपको पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकलाई आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार सूचना जारी गरी भेरोसेल खोपको पहिलो मात्रा लगाएर उपत्यका बाहिर गएकाहरुले स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वास्थ्य कार्यालयमा विवरण टिपाउन आग्रह गरेको हो ।

मन्त्रालयले त्यसरी संकलन गरिएको लगत स्वास्थ्य सेवा विभागमा पठाउन पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन पनि दिएको छ ।

खोप लगाउनुपर्ने व्यक्तिको लगत प्राप्त भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने मन्त्रालयले सूचनामा उल्लेख गरेको छ ।

मन्त्रालयले खोप लगाउनुपर्नेलाई निषेधाज्ञाको समयमा पनि आवतजावतको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई आग्रह गरेको छ ।

हेर्नुहोस् सूचना

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी