राष्ट्रिय युवा संघ नेपाल द्वारा ठुलो मात्रामा स्वास्थ्य सामाग्री सहयोग



पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई झण्डै दस लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । पोखरामा आयोजित हस्तान्तरण कार्यक्रममा संघमा अध्यक्ष किरण पौडेल ले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.डुक बहादुर क्षेत्री लाई ५० थान अक्सिजन सिलिन्डर ,पिपिई सेट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभयो ।


राष्ट्रिय युवा संघ नेपालले कोभिड-१९ संक्रमण रोकथाम र नियन्त्रणका युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको व्यवस्थापनमा संचालीत हेल्प डेक्स मार्फत उक्त सहयोग गरिएको हो । उक्त हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य त्रय कृष्ण थापा ,राजिब पहारी र मन बहादुर गुरुङ,संघका उपाध्यक्ष क्रमशः क्षितिज थेवे,उर्मीला सुनुवार,अशोक चौलागाईं र पुष्पराज श्रेष्ठ,महासचिव रमेश आचार्य ,उप-महासचिव रामजी सापकोटा,गण्डकीका अध्यक्ष महेन्द्र गुरुङ  लगाएतको सहभागिता रहेको थियो ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय