खाधान्न तथा राहात सामग्री वितरणमा युवाको सक्रियता



२४ जेठ, काठमाडौं । दोलखा घर भएका राजु खड्का हाल काठमाडौंको नारायणथानमा बस्नु हुन्छ । उहा पेशाले युवा व्यावसाही हुनुहुन्छ । निषेधाज्ञा अघि सम्म उहाको दैनिकी आफुले संचालन गरेको रेस्टुरेन्ट अर्थात चिकेन स्टेशनमा हुन्थ्यो तर आहिले उहाको दैनिकी फेरिएको छ । काठमाडौंमा निषेधाज्ञा भएपछी उहा लगाएत अन्य युवा व्यावसाही मनिष बहादुर शाही,रोशन श्रेष्ठ, सुमन कुँवर र कृष्ण खड्का लगाएतको टिम गरिव,असाहय,मजदुर लागएतलाई राहत अनि खाना खुवाउने कामलाई तीव्रता दिइरहनु भएको छ ।
उहाँहरुले दुइ खालको अभियान अघि बढाउनु भएको छ । ‘हामीले गरिव जनताको धर धर मा गएर राहात दिइरहेका छौ,साथै खाना खुवाउने कार्यक्रम पनि दैनिक रुपमा चलेको छ’, उक्त अभियानका राजु खड्काले सन्देश आज अनलाइनलाई बताउनु भयो । उहाँ भन्नु हुन्छ,’ हामीले आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत सामाग्री प्रदान गरेका,हाल सम्म ७०० घर लाई राहत सामाग्री धर धर पुगेर चामल ,दाल,चिनी मस्यौरा,नुन,तेल को प्याकेज बनाइ दिएका छौ’ ।

उहाहरुले दैनिक ज्यालादारी मजदुर हरुलाई काठमाडौंको विभिन्न ठाउमा पुगी खाना पनि वितरण गरिएको जानकारी दिनु भयो । हाल खाना तयार ललितपुर झम्सिखेल स्थित चिकेन स्टेशनमा गर्ने गरिएको छ ।

उहाहरुले सडकमा रहेका कुकुर तथा पशुपतिका बदरहरु लाई समेत खाना खुवाइ रहनु भएको छ । उहाँहरुको यो अभियान निरन्तर निषेधाज्ञा अवधिभर चल्ने बताउनु भयो ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

 सामाजिक सञ्जालमा हामी