मन्त्री दीपक मनाङेले भेटे प्रचण्डलाई, राजनीतिक घट्नाक्रमबारे बृहत्त छलफल
काठमाडौं, ६ असार । गण्डकी प्रदेशका विनाविभागीय मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका छन् । मनाङे हालै कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपाली नेतृत्वको सरकारमा मन्त्री बनेका हुन् ।
प्रचण्डसँगको भेटबारे माननीय दीपक मनाङे एण्ड रोहित गुरुङ नामक फेशबुक पेजमा लेखिएको छ–‘नेकपा माओवादी केन्द्र का अध्यक्ष कमरेड प्रचण्ड ज्यु संग पछिल्लो राजनैतिक घटनाक्रमबारे बृहत छलफल पश्चात लीएको तस्बिर।”