युवा संघको टोलि राहत सामाग्री सहित मनाङ प्रस्थान,इन्चार्ज बस्नेत द्वारा बिदाई (तस्बिर सहित)
जेठ ९,काठमाडौ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल राहात सामाग्री सहित मनाङ प्रस्थान गरेको छ । मनाङको विभिन्न ठाउँमा गएको बाढी पहिरो पीडितको लागी करिव १५ लाखको राहत सामाग्री रहेको संघले बताएको छ ।
मनाङ तर्फ प्रस्थान गर्नु अगि संघका इन्चार्ज महेश बस्नेतले बिदाई गर्नु भएको हो । टोलिको नेतृत्व अध्यक्ष किरण पौडेलले गर्नु भएको छ ।
राहत सामाग्रीमा चामल,तेल,दाल,नुन,लत्ता कपडा,चाउचाउ,बिस्कुट,त्रिपाल,ब्ल्यान्केट लगायतको सामाग्री हरु रहेको बताइएको छ ।