आजदेखि ललितपुर महानगरपालिकामा ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइने
ललितपुर- आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट ४५ वर्षमाथिका नागरिकलाई भेराेसेल खाेपकाे पहिलाे मात्रा दिन लागिएकाे छ। उक्त उमेर समुहका नागरिकले वडाका खोप केन्द्रमा गएर खाेप लगाउन सक्ने छन्।
महालक्ष्मी नगरपालिकामा भने सो उमेर समूहका कोभिडविरुद्धको पहिलो मात्राको भेरोसेल लगाउन छुटेका नागरिकलाई बिहीबारदेखि आजसम्म खोप उपलब्ध गराइएको छ। त्यसैगरी दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा भने आउँदो आइतबार र सोमबार खोप लगाइने भएको छ।
रासस