कर्मचारीको नयाँ तलब कार्यान्वयनमा
काठमाडौं । पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा वृद्धि गरिएको निजामती कर्मचारीको तलब साउन १ गतेबाट कार्यान्वयनमा आएको छ।
साउन २५ को मन्त्रिपरिषद् बैठकले वृद्धि गरिएको तलबमान साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालय सोहीअनुसार कार्यान्वयन गर्न बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुलाई परिपत्र गरेको छ।
परिपत्रमा सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान कायम गरेको उल्लेख छ।