काबुल प्रवेश गर्‍याे तालिबान



काठमाण्डाै । तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेका बीबीसीले जनाएको छ । काबुलबाहेकका सबै मुख्य सहर नियन्त्रणमा लिएका तालिबान लडाकुहरू काबुलको चारैतिरबाट प्रवेश गरेका हुन् ।

तालिबान समूहले आजै बिहान रणनीतिक रूपमा महत्त्वपूर्ण सहर जलालावाद नियन्त्रणमा लिएकाे थियो । जलालावाद नियन्त्रण गर्न जाँदा सरकारी सुरक्षा फौज पछाडि हटेपछि त्यहाँ युद्धविना नै तालिबानले सहर नियन्त्रणमा लिएका बीबीसीले जनाएको छ ।

विद्रोही समूह काबुल प्रवेश गरेपछि काबुलमा रहेको अमेरिकी कुटनीतिक नियोगले आफ्नो कार्यालय बन्द गरेर विमानस्थलबाटै सेवा सुरु गरेको छ । युरोपियन युनियनका कर्मचारी काबुलको गोप्य ठाउँबाट काम गरिरहेका छन् ।

ग्रामीण क्षेत्रमा प्रभाव जमाइरहेको तालिबान समूह नेटो र अमेरिकी सेना फिर्ता भएपछि सहर केन्द्रित हुन थालेको हो । तालिबान समूहले पछिल्लो डेढ हप्ताको अवधिमा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएकाे हो ।

तालिबानले आफ्ना लडाकुहरूलाई राजधानी काबुलमा सकेसम्म युद्ध नगर्न आदेश दिएका रोयटर्सले जनाएको छ । तालिबान नेताले महिलाहरूलाई सुरक्षित ठाउँमा जान आग्रह गर्नुका साथै सहर बाहिर निस्कन चाहनेहरूलाई सुरक्षित रूपमा बाहिर जाने व्यवस्था गर्न लडाकुलाई भनेका छन् ।

तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं : चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान

अनन्त शिक्षा सदनद्वारा कास्य पदक जितेकी रेनु सम्मानित

काठमाडौं , पुस १२: भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले

रवि–बालेनसँग सहमति नभएपछि कुलमानले समाते बाबुराम र जनार्दनको हात

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग

अभियन्ता आशिका तामाङलाई रास्वपाबाट समानुपातिक प्रस्ताव, समानुपातिक होइन प्रत्यक्ष लड्छु : तामाङ्ग

सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

 सामाजिक सञ्जालमा हामी