दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ ।
आज बसेको पार्टी स्थायी कमिटीको बैठकले नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीका अनुसार बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको छ ।
दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने प्रवक्ता ज्ञवालीले बताए । उनले सरकारको योजनाको खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको बताए । एमालेले एकताको पक्षमा लाग्न पार्टी नेता कार्यकर्तालाई आह्वान समेत गरेको छ ।