नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको घरको चार तलाबाट खसेर मृत्यु



काठमाडौं ।नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन्। निर्माणाधीन घरको चौथो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं-७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए। उनले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। चतर्वेदीको बुलबुलेमै घर छ। ‘घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।’ घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशव भट्टराईले बताए।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी