नेपाली टोलीको मुख्य प्रशिक्षक अल्मुताइरीनै



कार्तिक ११ , काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता नवीकरण गरेका छन् । एन्फासँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको अल्मुताइरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघसँगको छलफलपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु । अबको मिसन नयाँ हो । नयाँ लक्ष्य र योजना बनाएर सार्वजनिक गरिनेछ । नेपाली फुटबलको भविष्य सुन्दर छ । तर, लक्ष्यमा पुग्नका लागि केही समय लाग्छ । त्यतिन्जेलका लागि सबै जनामा धैर्य आवश्यक छ,’ गत महिना नेपाललाई मालेमा सम्पन्‍न साफ च्याम्पियनसिपको फाइनल पुर्‍याएका अल्मुताइरीले भनेका छन् ।

आफूप्रति अत्यन्तै माया र स्नेह देखाएको भन्दै अल्मुताइरीले समर्थकलाई धन्यवाद पनि दिएका छन् । अल्मुताइरी गत चैतमा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय