एमालेको महाधिवेशनमा १५३६ प्रतिनिधि सहभागी हुने
कार्तिक ११,काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनमा १,५३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको हो ।
एमालेको स्थायी कमिटीको निर्णय अनुसार हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १,५०० पार्टी सदस्य बराबर दुई खुला र एक महिला गरी ३ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । त्यसमा थप हुने हरेक एक हजार सदस्य बराबर एक प्रतिनिधि थप हुनेछ ।
एमालेमा अहिले पार्टी सदस्य संख्या ७ लाख २१ हजार छ । उनीहरुमध्येबाट १,५३६ प्रतिनिधि १० औं महाधिवेशनमा सहभागी हुनेछन् ।