परमादेश सरकार विरुद्ध परमादेश: प्रसङ्ग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्न रोक लगाउने निर्णय
काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारलाई अदालतले न्याय दिएको छ। स्वास्थ्य मन्त्रालयको उहाँहरुलाई काम गर्न रोक लगाउने निर्णय गरेको थियो जसको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको हो । स्वास्थ्य मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम गर्न रोक लगाएर निरेश थापालाइ निमित्त उपकुलपतिको जिम्मेवारी दिनुभएको थियो।
डा. रावल र महतले आइतबार आफूहरुलाई काम गर्न रोक लगाउने निर्णयमा रोक लगाउन माग गर्दै रिट दायर गर्नुभएको थियो । यही कार्तिक २३ गते मन्त्रीस्तरीय निर्णयबाट उहाँहरुलाई उपकुलपति र रजिस्टारको हैसियतमा कामकाज गर्न रोक लगाइएको थियो