विवादका बीच डेढ महिनापछि अखिल क्रान्तिकारीको शपथ



काठमाडौं । आन्तरिक विवादका कारण पदाधिकारीसमेत चयन गर्न नसकेको नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले बुधबार शपथ ग्रहण कार्यक्रम राखेको छ ।

गत १४-१८ असोजमा सम्पन्न राष्ट्रिय सम्मेलनले नेतृत्व चयन गर्न नसकेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गरी पञ्चा सिंहलाई अध्यक्ष चयन गरेका थिए । तर, करिब डेढ महिनासम्म शपथसमेत गराउन नसकेको अखिल क्रान्तिकारीले बुधबार प्रज्ञा भवनमा शपथ ग्रहण कार्यक्रम राखेको छ ।

गत २७ मंसिरमा अध्यक्ष सिंहले केन्द्रीय सदस्यको नाम सार्वजनिक गरे पनि विद्यार्थी फ्रयाक्सन इन्चार्ज हितमान शाक्यदेखि पूर्व अध्यक्ष रञ्जित तामाङसमेतको असन्तुष्टिको बीच अध्यक्ष सिंहले शपथ ग्रहण कार्यक्रम राखेकी हुन् ।

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

 सामाजिक सञ्जालमा हामी