नेपालद्धारा ओमान छ विकेटले पराजित



काठमाडौं । दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा नेपालले शुक्रबार घरेलु टिम ओमानलाई छ विकेटले पराजित गरेको चारदेशीय अन्तर्राष्ट्रिय टि२० शृङखलामा विजयी सुरुआत गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा घरेलु टिम ओमानले पहिले ब्याटिङ गरी निर्धारीत २० ओभरमा छ विकेटको क्षतिमा १३५ रन मात्र बनाएको जिथयो । नेपालले १९।३ ओभरमा चार विकेटको क्षतिमा १३७ रन बनाएर जित हात पार्यो । प्रशिक्षक पुबुदु दसनायकेको दोस्रो कार्यकालमा नेपालले पहिलो खेलमै सफलता प्राप्त गरेको हो ।

दिपेन्द्रले ५३ बलमा अविजित ७३ रनको पालि खेल्नुभयो । उहाँको पालिमा आठ चौका र एक छक्का सामेल थियो । दिपेन्द्र म्यान अफ दि म्याच पनि बन्नुभयो । ओमानका लागि कप्तान जिसन मक्सुदले ४१ बलमा चार चौका र एक छककासहित सर्वाधिक ४३ रन बनाउनुभयो । नेपालका लागि अविनाश बोहराले सर्वाधिक तीन विकेट लिनुभयो । सन्दीप लामिछाने, कमल सिंह ऐरी र आरिफ शेखले पनि एक एक विकेट लिनुभयो ।

आजको खेल खेलेर विवेक यादव र सागर ढकालले अन्तर्राष्ट्रिय टि२० मा पदार्पण गर्नुभएको छ ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी