भक्तपुरमा सङ्क्रमितको सङ्ख्या बढ्यो



भादगाउँ । भक्तपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । स्वास्थ्य कार्यालयका अनुसार भक्तपुरमा आइतबार साँझसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ३८ पुगेको छ । गत असार १६ गते ९ जना सक्रिय कोरोना सङ्क्रमित रहेको भक्तपुरमा एक महिनाको अवधिमा सो सङ्ख्यामा सङ्क्रमित बढेको हो ।

सक्रिय सङ्क्रमितमध्ये भक्तपुर र चाँगुनारायण नगरपालिकाका एकरएक महिला गरी दुईजना अस्पतालको आइसोलेशनमा उपचाररत छन् भने ७९ पुरुष र ५७ जना महिला गरी कूल एक सय ३६ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सविता पुर्कोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भक्तपुरमा साउन १० गते ९९ जना, साउन ११ गते एक सय १४, साउन १२ गते एक सय २०, साउन १३ गते एक सय ३१ जना सक्रिय सङ्क्रमित थिए । भक्तपुरमा हालसम्म २१ हजार पुरुष र १८ हजार एक सय ९१ महिला गरी कूल ३९ हजार एक सय ९१ जना कोरोना सङ्क्रमित भइसकेका छन् । तीमध्ये २० हजार ६८० पुरुष र १७ हजार नौ सय ९५ महिला सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये दुई सय ४१ पुरुष र एक सय ३७ महिला गरी कूल तीन सय ७८ जनाको मृत्यु भइसकेको छ ।

भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमा सबैभन्दा धेरै मध्यपुरथिमि नगरपालिकाका एक सय १२ जना छन् । तीमध्ये ७५ पुरुष र ३७ महिला छन् । सूर्यविनायक नगरपालिकामा ७१ पुरुष र ४० महिला गरी एक सय ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यसैगरी भक्तपुर नगरपालिकामा ५२ पुरुष र ३५ महिलागरी ८७ जना र चाँगुनारायण नगरपालिकामा ४३ पुरुष र २५ महिला गरी ६८ जनाको मृत्यु भएको जनस्वास्थ्य अधिकृत पुर्कोटीले बताउनुभयो ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी