थापा मगरको उपचारका लागि एक लाख सहयोग



सिन्धुपाल्चोक /  मेलम्ची नगरपालिका ९ गुफाका सुशील थापा मगरको उपचारका लागि एक लाख सहयोग गरिएको छ । लुकिमिया रोगसँग सङ्घर्षरत १५ वर्षीय उहाँलाई वडा कार्यलयको सिफारिसमा सामाजिक संस्था हेल्पले जुटाएको रकम बुधबार मेलम्ची नगर प्रमुख आइतामान तामाङको उपस्थितिमा सुशीलको बुबा चन्द्रबहादुरलाई हस्तान्तरण गरिएको हेल्पका अध्यक्ष जिमी लामाले जानकारी दिनुभयो ।

उहाँको अवस्थाको बारेमा जानकारी पाए पछि वडा कार्यलयको सिफारिसमा हेल्पका साथीहरु मिली रकम जुटाइएको अध्यक्ष लामाले बताउनुभयो । पीडितको आर्थिक अवस्था निकै कमजोर रहेको र थप उपचार गर्न करिब रु छ सात लाखा लाग्न सक्ने अनुमान गरिएकोले सहयोगी मनहरुले उहाँको बुबा चन्द्र मगरलाई ९८४०५७७८३७ मा सम्पर्क गरी सहयोग गर्न अनुरोध गरिएको छ

रासस

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय