आसमायालाई मिस धरान आइकनको उपाधि



काठमाडौं । ‘वाईवाई मिस धरान आईकन-२०२२’को उपाधि आसमाया राईले जितेकी छन् । ब्ल्याक पिग इन्टरटेन्मेन्टको आयोजना र साहारा इन्टरटेनमेन्टको व्यवस्थापनमा आयोजना भएको प्रतियोगिताको विजेता राईले क्राउनसँगै नगद ५० हजार रुपैयाँ र हङकङ भ्रमणको मौका पाएकी छन् ।

प्रतियोगितामा प्रजना राई फस्ट रनरअप र श्वेता विश्वकर्मा पोख्रेल सेकेन्ड रनरप बनेकी छन् । राई र विश्वकर्माले क्रमशः नगद ३० हजार र २० हजारसँगै क्राउन र पुरस्कार जिते ।

धरानमा पहिलोपल्ट आयोजना भएको प्रतियोगितामा निवा लिम्बू मिस पर्सनालिटी, श्वेता पोखरेल मिस बेस्ट वाक र मिस कन्जिनालिटी, रानु श्रेष्ठ मिस फोटोजेनिक, सेलि श्रेष्ठ मिस मल्टिमिडिया, रोजनी लिम्बूले भ्युवर्स च्वाइस, जेनिस्ना श्रेष्ठ मिस डिसिप्लिन, विपिका लिम्बू मिस कल्चरल ड्रेस र सृष्टि लामा मिस चार्मिङ बने ।

प्रतियोगिताको कोरियोग्राफी मिस तामाङ २०१९ प्रदेश १ विजेता तथा मिस टुरिजम क्विन वल्र्डवाइड २०१९ की बेस्ट स्माइल प्रजिता तामाङले गरेकी थिइन् । प्रतियोगिताको निर्णायकमा शिवराज श्रेष्ठ, अभिनेता गजित विष्ट, अयुव केसी, सानुबाबा सुब्बा, गायक एपी शेर्पा, सुमन श्रेष्ठ, पत्रकार गोपाल दाहाल, मिस पूर्वाञ्चल २०१३ नेहा बजाज, मिस टुरिजम नेपाल २०१५ चन्द्रिका मोते, मिस पूर्वाञ्चल २०१७ की फस्ट रनरअप सिमरन श्रेष्ठ, मोटिभेसनल स्पिकर सुरेश राई, पाथीभरा जब लिंकका सञ्चालक पवन अधिकारी र रंगकर्मी नविन मेन्याङ्वो थिए ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी