स्याङ्जामा पूर्ववडाध्यक्ष मृत अवस्थामा भेटिए



 

स्याङजा । वालिङ नगरपालिका(९ का पूर्व वडाअध्यक्ष बसन्त श्रेष्ठ मृत अवस्थामा फेला परेका छन्। वालिङ(१३ स्थित गहाखोला सडकमा बिहीबार बिहान उनी मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठ बुधबार रातिदेखि सम्पर्कविहीन थिए।

सिद्धार्थ राजमार्गभन्दा करिब २० मिटर तल लडेको अवस्थामा उनको शव स्थानीयले भेटेका थिए । स्थानीयवासीले ग१६प ५४६१ नम्बरको स्कुटरसहित श्रेष्ठ पल्टेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

श्रेष्ठको शव गह्रौँ प्राथमिक अस्पताल, वालिङमा पोस्टमार्टमका लागि पठाइएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गत २०७४ को स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

गौशाला २६ को तस्वीर भन्दै सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन

काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक

भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी शाहलाई ३ वर्ष कैद र १६ लाखभन्दा बढी जरिवाना

काठमाडौँ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले नेपाल प्रहरीका पूर्वडीआईजी महेश विक्रम शाहलाई ३

 सामाजिक सञ्जालमा हामी