पदक विजेता खेलाडी र सदस्य सचिवबीच भेटवार्ता



 

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग भेटवार्ता गरेका छन् । भेटवार्ता गर्नेमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् ।

४ साउनमा सुरू भएको च्याम्पियनसिपमा नेपालका २ पुरुष र १ महिला गरि तीन खेलाडीले सहभागिता जनाएकोमा एक रजत र एक काँस्य पदक पाएका थिए । जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेस फिजिकको १७० सेमिमा राजु राईले काँस्य पदक प्राप्त गरेका थिए । यस्तै, महिला एथ्लेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैँटौँ स्थान प्राप्त गरेकी थिइन् ।

यसै अवसरमा नेपाल शारीरिक सुगठन संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवलाई मालदिभ्समा आयोजना भएको ५४औँ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेसका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।

सो कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिति थियो । ५५औँ संस्करण नेपालमा आयोजना हुने कार्यक्रम छ ।

सावित्राले च्याम्पिनयसिप फाइनल नखेल्ने

काठमाडौँ, साउदी अरेबियाको जेद्दामा भइरहेको वाफ वुमेन्स च्याम्पिनयसिप २०२४ मा सावित्रा भण्डारीले फाइनल

केपी ओली कप : साविक विजेता मछिन्द्र केपी ओली कपको सेमिफाइनलमा

मछिन्द्रको जितमा क्रिस्टोफर चिजोबाले दुई तथा स्टेफन बिनोङले एक गोल गरे । एक

केपी ओली कप फुटबल फागुन ११ गतेदेखि

काठमाडौं । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीप प्रतियाेगिताकाे दाेस्राे संस्करण फागुन ११ गतेदेखि

धनगढीलाई हराउँदै ललितपुर बन्यो नेपाल सुपर लिग (एनएसएल) को च्याम्पियन

काठमाडौँ । १० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको

 सामाजिक सञ्जालमा हामी