फेरि बढ्यो कोरोना संक्रमण, परीक्षण दायरा वडासम्म पुर्‍याउने नगरको निर्णय



 

खोटाङ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले एन्टीजेन परीक्षणको दायरालाई वडा तहसम्म विस्तार गर्ने निर्णय गरेको छ । कोभिड–१९ को संक्रमण दर बढिरहेको अवस्थामा बुधबार मेयर तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले एन्टीजेन परीक्षणको दायरालाई फराकिलो बनाउने निर्णय गरेको हो ।

बैठकले बिहिबार दिक्तेलस्थित सरस्वती माबि, पञ्च माबि, दिक्तेल बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा एन्टीजेन परीक्षण गर्न स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने र आवश्यकताको आधारमा अन्य शैक्षिक संस्थामा परीक्षण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । यस्तै, गत २५ साउनमा भएको डिसिसिएमसीको निर्णय अनुसार तीन दिनभित्र आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको नगर प्रवक्ता दिनेशकुमार घिमिरेले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएका छन् ।

मास्क र स्यानीटाइजर गर्न आग्रह

कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउनका लागि नगरपालिकाले सार्वजनिक स्थल र भिडभाड हुने स्थानमा अनिवार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्क, स्यानीटाइजरको प्रयोग गर्न, नियमित साबुन पानीले हात धुन र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । यस्तै, विवाह, ब्रतबन्ध, सभा, सम्मेलन, धार्मिक तथा साँस्कृतिक पर्व, उत्सव मनाउँदा भौतिक दुरी कायम गर्न, मास्क तथा स्यानीटाइजरको अनिवार्य प्रयोग गर्न अनुरोध गरिएको छ ।

 

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं : इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

 सामाजिक सञ्जालमा हामी