महिला जनप्रतिनिधिलाई क्षमता अभिवृद्दि तीन दिने तालिम सम्पन्न



 

 

मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा भएको महिला जनप्रतिनिधिहरूलाई तीन दिने क्षमता अभिवृद्दि तालिम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा स्थानिय सरकार सञ्चालन ऐन,नेपालको संविधान ,महिला अधिकार,सामजिक क्षेत्रमा महिलाको भुमिका अबसर , लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणको परिचय ,आबश्यकता,समावेशि बजेटको अबधारणा लगायतको बिषयमा प्रशिक्षण दिइएको थियो ।

तालिममा बजेट तर्जुमा प्रकृया, खरिद प्रकृया, खरिदका चरण,असल नेतृत्व,व्यक्तित्व विकास, मन्चमा कसरी बोल्ने,योजनाका चरणहरू को बिषयमा प्रशिक्षण भएको नगरपालिकाका कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।

No description available.

कार्यक्रमको अधिबक्ता कृष्ण घिमिरे ,केशबराज ढुङ्गेल,डा।अनन्तराम केसि, प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धिताल, प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल लगायतले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा महिला बालबालिका तथा सामाजिक समावेशिकरण शाखाको महिला विकास निरिक्षक राधा कार्कि र मेलम्ची नगरपालिका कर्मचारि अम्बिका डोटेलले गर्नुभएको थियो ।

कार्यक्रममा नगर प्रमुख आइतमान तामाङले निर्वाचित भइसकेपछि तेरोमेरो गर्न नहुने बताउनुभयो । उहाँले जनप्रतिनिधि भनेको साझा ब्यक्ति हुनेभएकाले यो पार्टीको त्यो पार्टीको भनेर भेद्भाव गर्न नहुने बताउनुभयो । उहाँले तालिममा सिकेका कुराहरुलाई वडामा गएर लागुगर्न समेत आग्रह गर्नुभयो ।

No description available.

कार्यक्रममा उपप्रमुख उमा प्रधानले महिलाले पनि अबसर पाएमा पुरुष सरह काम गर्नसक्ने दावि गर्नुभयो । उहाँले सभ्य,स्वस्थ, हिंसा रहित अपाङ्ग मैत्रि, महिलामैत्रि र बालमैत्रि नगर बनाई नमुना काम गर्ने उद्घोष समेत गर्नुभयो । उहाँलेसबै मिलेर हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध भ्रष्टाचारको मुद्दा लिएर अख्तियार पुग्यो सर्वोच्च अदालत

काठमाडौं : भ्रष्टाचार विरोधी परिचय बनाएका नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय लगायतविरुद्ध मेलम्ची

 सामाजिक सञ्जालमा हामी