छात्रवृत्तिका लागि अरुणिमा अक्षयकोष स्थापना



 

 

काठमाडौँ ।अरुणिमा शैक्षिक प्रतिष्ठानले शैक्षिक छात्रवृत्ति लगायतका उद्देश्य लिएर अरुणिमा अक्षय कोषको स्थापना गरेको छ । सो कोषले जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति दिनेछ । अक्षय कोष स्थापनाका लागि हालै सम्पन्न एक भेलाले कोषको प्रस्तावित विधान एवम् योजनाहरुबारे छलफल गरेको छ ।

भेलाले भिमानन्द ढुंगानको अध्यक्षतामा कोष सञ्चालनको कार्यसमिति समेत गठन गरेको छ । कार्यक्रममा अरुणिमा आल्मुनाईको तर्फबाट पाँच लाख रुपैंया कोषमा हस्तान्तरण गरिने जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै कोषका अध्यक्ष भिमानन्द ढुंगानाले नवगठित कार्यसमितिले कोषमा व्यापक आजिवन सदस्यहरु समेट्दै कोष वृद्धि गर्दै योजना तथा उद्देश्यहरु प्रिपुर्ति गर्ने बताउनुभयो ।

अरुणिमा शैक्षिक प्रतिष्ठानले काठमाडौंको बौद्धमा विद्यालय तह र स्नातक तहसम्म पठनपाठन गराइरहेको छ ।

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

६० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं, ११ पुस :काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर

 सामाजिक सञ्जालमा हामी