१४ वर्षपछि फरार अपराधी पक्राउ



काठमाडौँ । बहुबिवाह आरोपमा फरार अपराधी १४ बर्षपछी पक्राउ परेको छ । साविक दुवाचौर गाविस। वडा नं ९ हाल मेलम्ची न पा वडा नं ८ बस्ने ६५ बर्षिय मान बहादुर गिरीलाई १४ बर्षपछी प्रहरीले आज पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले आज पक्राउ गरि सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी शिव बुढाथोकीले जानकारी दीनुभयो ।

जिल्ला अदालतले निजलाई लागेको कैद जरिवाना सजाँय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको सुचना अधिकारी बुढाथोकीले जानकारी दीनुभयो ।

२०६५ साल फागुन ५ मा सिन्धुपाल्चोक जिल्ला अदालतले गिरीलाई ४५ दीन कैद र ४७ हजार २ सय पचास जरीवाना तोकेको थियो ।

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं : इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

 सामाजिक सञ्जालमा हामी