रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गर्यो : अमेरिका



 

न्युयोर्क । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ ।

पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, ुहामीसँग रुसले उत्तर कोरियासँग गोलाबारुदको अनुरोध गरेको संकेत छ ।ु

रुसले फेव्रुवरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको थियो । तर, युक्रेनको कडा प्रतिकारका कारण आफ्नो योजनामा मस्को असफल भएको छ ।

रुसविरुद्धको हमला सशक्त पार्न युक्रेनले अमेरिका, नेटो र युरोपेली देशबाट हतियार र युद्धका अन्य सामग्री प्रापत गरेको छ । पश्चिमा सहयोगका कारण रुसले नियन्त्रण गरेका कतिपय सहरलाई किभले फिर्ता गर्न सफल भएको छ ।

युद्धमा दुवै पक्षले ठूलो मात्रामा तोपखाना गोलाबारुद प्रयोग गरेका छन् ।

रुस युक्रेन युद्धपछि युरोपमा ग्यास समस्या बढेको छ भने विश्वव्यापी रुपमा खाद्यन्नको मूल्य बढेको छ ।

सताब्दी पुरूष सत्यमोहन जोशी रहेनन्

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा

युक्रेनको पक्षमा नेपालको मतदान

संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र

नवौँँ राष्ट्रिय खेलकुद : दैनिक एक हजार तीन सय सुरक्षाकर्मी खटिने

कास्की, २७ असोज (रासस) : गण्डकी प्रदेशमा चार दशकको अन्तरालपछि आयोजना हुन लागेको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ । पार्टी केन्द्रीय