दराजको दशैं धमाका घोषणा, इलेक्ट्रिक स्कुटर जित्ने मौका



काठमाडौं, भदौ, ३१ । अनलाइन शपिङ प्लेटफर्म दराजले दशैं धमाका अभियानको हुनेछ । कम्पनीको अनुसार अभियान गतवर्षको तुलनामा ठूलो र भव्य हुने बताइएको छ ।

अभियान अन्तर्गत ७० प्रतिशतसम्मको मेगा डिल, निःशुल्क शपिङ र रू. २ हजार ५०० सम्मको छूट सुविधा रहेका छन् । कम्पनीको अनुुसार ग्राहकले १० हजार रुपैयाँसम्मको मेगा भौचर र बम्पर उपहारको रूपमा एनआईयू एनक्यूआई इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको कम्पनीले दाबी गरेको छ ।

ग्राहकले दराजमार्फत सामान खरीद गरी डेबिट कार्डमार्फत भुक्तानी गर्दा १५ प्रतिशत वा २ हजार रुपैयाँ छूट पाउनेछन् । त्यस्तै,क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २० प्रतिशत वा २ हजार ५०० रुपैयाँसम्म छूट पाउने कम्पनीको भनाइ छ ।

नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला डेभलपमेण्ट बैंक र ज्योति विकास बैंकका ग्राहकले कार्डमार्फत भुक्तानी गर्दा छूट पाउनेछन् ।

काठमाडौं महानगरले खोस्यो प्रमुख प्रशासकीय अधिकृतको गाडी

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चढ्दै आएको सरकारी गाडी महानगरपालिकाले खोसेको

भारतबाट भन्सार छलेर ल्याएको ७ वटा गाडीहरू बरामद

काठमाडौँ । भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

काठमाडौं । अनुयायीलाई यौन हिंसा गरेको आरोपमा रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने

पशुपतिमा गाँजा व्यापार गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । पशुपतिमा गाँजाको व्यापार गरेर शान्ति सुरक्षामा असर पुर्‍याएको भन्दै लागूऔषध नियन्त्रण

 सामाजिक सञ्जालमा हामी