बंगलादेशले पहिलो पटक जित्यो यू-१९ एसिया कपको उपाधि



काठमाडौं । बंगलादेशलले पहिलो पल्ट एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

फाइनलमा घरेलु टोली यूएईमाथि १९५ रनको फराकिलो जित निकाल्दै बंगलादेशले पहिलो उपाधि जितेको हो ।

दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा २८३ रको लक्ष्य पछ्याएको यूएई २४.५ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । पहिलो पटक यू–१९ एसिया कपको फाइनल पुगेको यूएई बंगलादेशको बलियो बलिङसामु धेरै टिक्न सकेन ।

यूएईका लागि ध्रुव परासरले सर्वाधिक २५ रनको पारी खेले । उनले ४० बलमा २ चौका प्रहार गर्दै अविजित रहे ।

ओपनर अक्शद रायले ११ रन बनाए भने अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बंगलादेशका लागि मरुफ मिर्धा र रोहानत बोरसोनले समान ३/३ विकेट लिए । इकाबल र जिवोनले २/२ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर ब्याटर आशिकुर शिब्लीले उत्कृष्ट १२९ रनको शतकीय पारी खेले । उनले १४९ बलमा १२ चौका र १ छक्का प्रहार गरेका हुन् ।

चोभुर रिजवानले ६०, तथा अरिफुल इस्लामले ५० रनको अर्धशतकीय पारी खेले । कप्तान महफुजुर रवीले २१ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईका लागि अम्यान अहमदले सर्वाधिक ४ विकेट लिए । ओमिद रहमानले २ विकेट तथा हार्दिक पाई र ध्रुव परासरले १/१ विकेट लिए ।

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं : इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

 सामाजिक सञ्जालमा हामी