बालुवाटारबाट बाहिरिँदै विप्लवले भने- सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन



काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव निरन्तर समाजवादी माेर्चाको बैठकमा सहभागी भइरहेका छन् ।

बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकमा उनी पार्टीका अरू नेताहरूसँगै सहभागी भए ।

बैठकमा ठोस के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन । यद्यपि विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको बताए ।

उनका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ । सो बैठकले यो विषयमा थप छलफल गर्ने उनले बताए ।उनले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप उनले लगाए ।

उनले भने, ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् । यो विषयमा साँझ छलफल हुन्छ ।आजै साँझ ६ बजे फेरि बैठक बस्छ ।’

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैत २७ देखि

काठमाडौं : राष्ट्रिय पुरुष रग्बी फिफ्टिन्स च्याम्पियनसिप चैतको तेस्रो सातादेखि ललितपुरमा हुने भएको

 सामाजिक सञ्जालमा हामी