आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य रारा



जुम्ला । मुगुमा अवस्थित राराताल आन्तरिक पर्यटकको प्रमुख आकर्षणको मुख्य गन्तव्य बनेको छ । रारा तालको सुन्दरताको व्याख्या एकै मौसमले पुग्दैन । यो ताल हिउँदको समयमा हिउँले ढपक्क ढाकेको हुन्छ भने जेठको अन्तिमदेखि साउनको पहिलो हप्तासम्म रारा ताललाई फूलै फूलले ढपक्क ढाकेको हुन्छ ।

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्ने गरेको रारा ताल समुन्द्री सतहबाट दुई हजार नौ सय ९० मिटर उचाइमा रहेको छ । रारा राष्ट्रिय निकुञ्जमा ५१ प्रजातिका स्तनधारी जनावर र दुई सय ७२ प्रजातिका चराचुरुङ्गी पाइन्छन् । रारा ताल जानका लागि वर्षभरि नै उपयुक्त भए पनि हिउँले ढाकेको रारा र फूलैफूलले ढाकेको रारा हेर्नका लागि धैरेजसो आन्तरिक पर्यटक जाने गर्छन् ।

रारा तालको पूरा आकृति हेर्नका लागि समुद्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित मुर्मा टप नै उपयुक्तस्थल रहेको छायाँनाथरारा नगरपालिका–७ का बासिन्दा राजु मल्लले जानकारी दिए । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले रारासम्म सवारी साधन प्रवेश निषेध छ ।

मिलीचौरमा सवारी साधन रोकेर रारा तालतर्फ पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रा गर्न नसक्नेहरुका लागि घोडाको व्यवस्थासमेत छ । सवारी साधन छाडेपछि करिब ३० मिनेटको यात्रापश्चात तालको छेउ पुग्न सकिन्छ । राराताल मुगुको मात्रै नभएर देशकै गहना हो । यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको छ ।

कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार रारालाई बनाउन स्थानीय तहदेखि प्रदेश सरकारले उचित नीतिको व्यवस्थापनमा जोड दिन आवश्यक रहेको छायाँनाथराराका स्थानीय बताउँछन् । निकुञ्जका अधिकतम भाग मुगु र केही भाग जुम्लामा पर्दछन् । तालको क्षेत्रफल १० दशमलव ६५ वर्ग किलोमिटर छ । यस तालको लम्बाइ करिब पाँच किमी, चौडाइ तीन किमी र गहिराइ एक सय ६७ मिटर छ ।

नेपालको सबैभन्दा ठूलो तालका रूपमा रहेको रारा सन् २००७ मा रामसार सूचीमा सूचीकृत हुनुले यसको अन्तर्राष्ट्रिय महत्त्व समेत दर्शाउँछ । पर्यापर्यटनको अधिकतम सम्भावना भए पनि भौगोलिक विकटता र यातायातको अभावका कारण यहाँ पर्यटनको समुचित विकास हुन बाँकी नै रहेको छ ।

मध्यवर्ती क्षेत्रको मुख्य आम्दानीको स्रोत नै निकुञ्जको पर्यटन भएकाले मध्यवर्ती क्षेत्रको आम्दानी पनि न्यून रहेको छ । जुम्लाबाट हिँडेर नै रारा जानका लागि दुई दिनको समय लाग्छ । यसबाहेक पनि नेपालगञ्ज तथा सुर्खेतको वीरेन्द्रनगरबाट पनि गाडी रिर्जब गरेर रारा तालसम्म पुग्न सकिन्छ । सुर्खेतबाट मोटर चढेपछि कर्णाली राजमार्ग हुँदै जुम्लाको गोरुचौरसम्म पुग्न सकिन्छ ।

जुम्ला सदरमुकाम जोडिइसकेको कर्णाली राजमार्गअन्तर्गत कालीकोटको नाग्माघाटबाट छुट्टिएर नेपाली भाषाको उद्गमस्थल सिञ्जा उपत्यका हुँदै गोरुचौरबाट रारा तालको छेउमा पुग्न सकिन्छ । रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ । जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घण्टाको हिँडाइमा डाँफेलेक पुग्न सकिन्छ ।

डाँफेलेक पुग्दा बीचमा पानी खान पाइने ठाउँ छैन । आफैँले पानी बोक्नुपर्छ । रारा भ्रमण गर्न उपयुक्त समय सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिनामा उपयुक्त हुन्छ । डिसेम्बरदेखि मार्च महिनासम्म एक मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल हुने भएकाले यो समयमा उपयुक्त हुँदैन ।

दसैँ तथा तिहारको बीचमा रारा घुम्न आन्तरिक पर्यटक बढी आउने गरेको छायाँनाथरारा–७ मा रहेको जीविका होटल एन्ड रेष्टुरेन्टका सञ्चालक अविनारा बुढाको भनाइ छ । दसैँ र तिहारको बीचमा यहाँका होटल आन्तरिक पर्यटकले भरिपूर्ण हुने गरेका छन् ।

पर्यटकलाई राम्रो सेवासुविधा दिनका लागि कुनै कुरामा कमी नगरेको होटल सञ्चालक बुढाले जानकारी दिए । रारा पुगेर जुम्ला फर्केका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नूपेन्द्र महतले रारासम्म पुग्नका लागि सडक मार्गको स्तरवृद्धि गर्न जरुरी रहेको बताए ।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार गत साउन १ देखि मङ्सिर मसान्तसम्म आन्तरिक पर्यटक छ हजार ७५, सार्क मुलुकका २६ र अन्य विदेशी नौ हजार नौ सय गरी पाँच महिनामा छ हजार दुई सय पर्यटकले रारा भ्रमण गरेका छन् । यस वर्ष रारामा आन्तरिक तथा बाह्य पर्यटक आगमनको सङ्ख्या वृद्धि भएको निकुञ्ज कार्यालयका सूचना अधिकारी धितालले जानकारी दिए । पाँच महिनाभित्र पर्यटकबाट करिब रु १८ लाख राजस्व असुली भएको निकुञ्जले जनाएको छ ।

अलैँचीको भाउ तेब्बर बढ्यो

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’

बरहथवा घटना : जयशंकरको शव तीन दिनदेखि घटनास्थलमै

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव

सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित विभिन्न पदमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। शुक्रबार सूचना

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु

काठमाडौं । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित

 सामाजिक सञ्जालमा हामी