टेरामक्स र वाइडबडी काण्डकाे अनुसन्धान अन्तिम चरणमा पुगेकाे छ : अख्तियार प्रमुख



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स काण्डको अध्ययन-अनुसन्धान अन्तिम चरणमा पुगेको बताउनुभएकाे छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति बैठकमा बाेल्दै प्रमुख आयुक्त राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको जानकारी दिनुभयाे ।

टेरामक्स काण्डमा अनुसन्धान गरेर तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उहाँले जानकारी दिनुभयाे । ‘टेरामक्सकाे विषयमा करिब करिब बयानकाे क्रमलाई टुंग्याएकाे अवस्था हाे, अब विश्लेषण गरेर, अध्ययन र अनुसन्धान गरेर यसलाई एउटा फर्मेटमा ल्याउने, तथ्य र प्रमाणलाई केलाउने काम भइरहेकाे छ, केही समयभित्र यसकाे रिजल्ट आउन सक्छ, याे अनुसन्धान करिब करिब अन्तिम चरणतिर पुगेकाे अवस्था छ’ – प्रमुख आयुक्त राईले भन्नुभयाे ।

उहाँले वाइडबडी खरिद काण्डको अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै उहाँले अनुसन्धानकै विषय भएकाले यसमा धेरै नबाेल्ने बताउनुभयाे ।कानुन अनुसार नेपाल सरकारले अरु राष्ट्रसँग सम्झाैता गर्नुपर्नेमा सरकारले नगरेकाे भन्दै प्रमुख आयुक्त राईले सम्झाैता नभएकै कारण अन्तर्राष्ट्रिय क्षेत्रट सूचना ल्याउन कठिन भइरहेको बताउनुभयाे । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्नुपर्ने अवस्था हाे, अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्न धेरै कठिनाइ छ, अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्न एमएलए पारस्पारिक सहायता सम्बन्धी कानुन हामीले बनायाैं, साे कानुन अनुसार नेपाल सरकारले ती अन्य राष्ट्रसँग द्विपक्षीय सम्झाैता गर्नुपर्ने हाे, तर त्याे सम्झाैता अहिलेसम्म काेहीसँगभएकाे छैन’ – उहाँले भन्नुभयाे ।

प्रमुख आयुक्त राईले सेक्युरिटी प्रेसको टेप काण्डकाे पनि अनुसन्धान भइरहेको बताउनुभयाे । पोख्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने भन्दै उहाँले त्याे पनि अनुसन्धानकै क्रममा रहेकाे बताउनुभयाे ।

धिताेपत्र बाेर्डकाे प्रिमियम मूल्यमा सेयर जारी गरेकाे विषयमा छानबिन भइरहेकाे प्रमुख आयुक्त राईले जानकारी दिनुभयाे । उहाँले चमेलिया, रामग्राम जग्गा लिजमा दिने काण्ड लगायतमा पनि अनुसन्धान भइरहेकाे बताउनुभयाे ।

सार्वजनिक जग्गाको हिनामिना गर्ने प्रवृत्ति बढ्दो रहेको देखिएको भन्दै प्रमुख आयुक्त राईले यस सम्बन्धमा अख्तियारमा उजुरीकाे चाङ लागिरहेकाे बताउनुभयाे ।

विमान दुर्घटनामा घाइते पाइलट ‘खतरामुक्त’

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था ‘खतरामुक्त’

पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न रोयल्टी तिर्नुपर्ने !

काठमाडौँ । अब पसल, रेस्टुरेन्टमा बसेर गीत सुन्न पनि रोयल्टी तिर्नुपर्ने भएको छ

एमाले संखुवासभा अध्यक्षमा खड्ग राई सर्वसम्मत

संखुवासभा । नेकपा एमाले सङ्खुवासभाको अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत निर्वाचित भएका छन्

६ महिनामा ज्यान मुद्दाका ४ सय अभियुक्त समातिए

काठमाडौं। कर्तव्य ज्यान मुद्दा लागेका ४ सयभन्दा बढी अभियुक्त यो वर्षको छ महिना

 सामाजिक सञ्जालमा हामी