भोजपुरकी२१ वर्षीया मुना पाण्डेको अमेरिकामा गोली हानी हत्या



टेक्सस । अमेरिकाको ह्युस्टनको एक अपार्टमेन्टमा नेपाली विद्यार्थीको गोली हानेर हत्या भएको छ ।

ह्युस्टन कम्यूनिटी कलेजमा अध्ययनरत नेपाली छात्राको गोली हानेर हत्या भएको हो । कस्ले, किन गोली हानेर हत्या गरेको विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ ।

विश्वस्त सुत्रका अनुसार मृतक नेपाली विद्यार्थी ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा बस्दै आएकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चात ‘अटस्पी’ (पोष्टमार्टम) का लागि शव अस्पताललाई जिम्मा लगाएको छ । मृतकको नाम मुना पाण्डे भएको बताइएको छ ।

अमेरिका कै चौथो ठूला सहर ह्युस्टन अमेरिकाको दक्षिणी राज्य टेक्ससको एक मुख्य शहर हो । न्यूयोर्क, लसएन्जलस, सिकागो पछिको बढी जनघनत्व भएको सिटीमा ह्युस्टन पर्छ ।

सोमवार अपरान्ह अज्ञात नम्वरबाट अपार्टमेण्टमा फोन आएको र कोठाभित्र लास भएको जानकारी दिइएको भनिएको छ।त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेको र प्रहरीले अपार्टमेण्टमा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको हो। मृतकको नेपालमा रहेकी आमा र परिवारलाई घटनाका बारेमा स्थानीय नेपाली समुदायका तर्फबाट खबर गरिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्षले  जानकारी दिएकाछन् ।

नेपालमा रहेकी मृतककी आमा अनिता पाण्डे अधिकारीका अनुसार छोरीसँग चार दिन अघि कुराकानी भएको थियो । मुना उनको एउटै मात्र सन्तान रहेको समेत उनले बताइन् ।

राष्ट्रिय परिचयपत्र विवाद : सर्वोच्चद्वारा रिट खारेज

काठमाडौं : सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र विवादसम्बन्धी रिट खारेज भएको फैसला सुनाएको छ। प्रधान न्यायाधीश

आज दिनभरको मैसम कस्तो रहला ?

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८१ साल माघ ६ गते आइतवार (Jan 19, 2025) माघ कृष्ण पञ्चमी

खो खो विश्वकप : नेपालका दुवै टोली फाइनलमा

काठमाडौं  : भारतको नयाँदिल्लीमा आयोजना भएको खो खो विश्वकपमा नेपालको पुरूष तथा महिला

 सामाजिक सञ्जालमा हामी