पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि आज,प्रधानमन्त्री द्वारा दुख व्यक्त



काठमाडौं । आइतबार निधन भएका पूर्वसभामुख दमननाथ ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

वेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले सोमबार दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भाञ्जा सुुरज भट्टराईले जानकारी दिए । उनका छोरा डा. निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गर्छन् । ढुंगानाका अर्का छोरा निशेष र छोरी नीतिका भने नेपालमै छन् ।उनको शव आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएको छ । भट्टराईका अनुसार नेपाली कांग्रेस, संघीय संसद सचिवालय र नेपाल बार एशोसिएसनमा ढुंगानालाई अन्तिम श्रद्धाञ्जली दिन प्रस्ताव आए पनि कतै नराखिने भएको छ । कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनले आफूलाई अत्यन्त दुःखी बनाएको बताएका छन् ।  सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले भनेका छन्– ‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु ।’

प्रधानमन्त्रीले  नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा ढुङ्गानाको योगदान सम्झिरहेको भन्दै दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनुभएका परिवारजनमा गहिरो समवेदना ! भनेका छन् ।

एनपिएलका १८ खेल सकिए, अंक तालिकाको शीर्ष स्थानमा सुदूरपश्चिम रोयल्स कुन स्थानमा परे अरु टीम ?

नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १८ खेल सम्पन्न भएका छन् । यही

सरकारी नम्बर प्लेट टाँसेर निजी गाडीमा गाँजा तस्करी,६९०किलो गाँजा सहित दुई गाडी नियन्त्रणमा

सुनसरी: धरान उपमहानगरपालिका-१३ अमरहाटबाट प्रहरीले करिब ६९० किलो गाँजा बरामद गरेको छ। प्रहरीले

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर,पूर्वमन्त्री शाहीलाई सफाइ

काठमाडौं । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर

जानकी मन्दिरमा राम–सीताको विवाह गरिंदै

जनकपुरधाम : शुक्रबार विवाह पञ्चमी। जानकी मन्दिरमा भगवान् राम र सीताको स्वयंबर धुमधामका साथ

 सामाजिक सञ्जालमा हामी