एनपीएलको ट्रफीमा कालापत्थर को ढुंगा,धरहरा परिसरबाट ट्रफी अनावरण



१० मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

एनपीएलमा सहभागी सबै टिमलाई आफ्नो समर्थन रहेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले सबैलाई शुभकामना दिन्छु, जितेपछि जित्नेलाई बधाई दिन्छु ।’

सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको पनि उनले बताए । ‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन,’ प्रधानमन्त्री ओलीले भने, ‘गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनपीएलले नेपाली क्रिकेटलाई विश्वमाझ थप उजागर गर्ने विश्वास व्यक्त गरेका छन् ।  नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण कार्यक्रममा उनले ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको बताए। ट्रफीले नेपालीको भावना र प्राकृतिक सम्पदासंग जोड्न खोजेको उनले जानकारी दिए।

खड्काले ट्रफीका लागि पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ढुंगा ल्याएर सहयोग पुराएको जानकारी दिए ।
यहि शनिबारबाट सुरु हुने एनपीएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।

मंसिर १५ गतेदेखि काठमाडौंमा सुरु हुने एनपीएल लिग प्रतियोगीता पुस ६ गते समापन हुने क्यानले जनाएको छ ।

तेक्वान्दो टोली चीन जाँदै

काठमाडौं : चीनको नान्जिङमा हुने एसियाली तेक्वान्दो आमन्त्रण प्रतियोगिता तथा १० औं मान

अनन्त शिक्षा सदनद्वारा कास्य पदक जितेकी रेनु सम्मानित

काठमाडौं , पुस १२: भक्तपुरको सूर्यविनायक ४ स्थित तर्खागलमा रहेको अनन्त शिक्षा सदनले

रवि–बालेनसँग सहमति नभएपछि कुलमानले समाते बाबुराम र जनार्दनको हात

 काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग

अभियन्ता आशिका तामाङलाई रास्वपाबाट समानुपातिक प्रस्ताव, समानुपातिक होइन प्रत्यक्ष लड्छु : तामाङ्ग

सामाजिक अभियन्ता आशिका तामाङलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

 सामाजिक सञ्जालमा हामी