NPL मा विराटनगर बाहिरिँदा पोखराको प्लेअफ सम्भावना



काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा बिहीबार भएको खेलमा रेमन्ड रिफरको शानदार प्रदर्शनमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई सुपरओभरमा पराजित गर्दै प्ले अफमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । पोखराको जितमा रेमन्ड रिफर नायक बनेका हुन् । खेललाई बराबरीमा पुर्‍याउनेदेखि सुपर ओभरमा बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन नै पोखराको जितको कारण बन्यो । १४० रनको विजय लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रन बनाएपछि खेल सुपरओभरमा गएको थियो ।

सुपरओभरमा पराजयसँगै प्लेअफको सम्भावनासमेत गुमाएको विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले सुपरओभरमा बलिङ गर्नका लागि आफूमा आत्मविश्वास रहे पनि निर्णय सही नभएको प्रतिक्रिया जनाए ।

विराटनगरविरुद्ध सनसनीपूर्ण जीत निकालेको पोखराका बलर विपिन खत्रीले सुपर ओभरमा जानुपर्ने लक्ष्य नभए पनि राम्रो ब्याटिङ हुन नसकेको बताएका छन् । तर रेमोन रेइफोर्टले अन्तिम ओभरसँगै सुपर ओभरमा पनि अलराउण्ड प्रदर्शन गरेपछि जित निस्किएको उनले बताए ।

निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले ७ विकेट गुमाउँदै मात्र १ सय ३९ रन बनायो । १ सय ४० रनको विजइलक्ष्यसहित जवाफी ब्याटिङ्मा उत्रिएको पोखराले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३९ रन जोडेपछि खेल सुपरओभरमा गएको थियो । सुपरओभरमा पोखराले विराटनगरविरुद्ध १४ रनले जीत निकालेको थियो । यो जितसँगै ४ अंक जोडेको पोखराको प्लेअफ सम्भावना जिवित छ । यता, पाँच खेलमा चौथो हार र एक जीतसहित २ अंकमा सीमित विराटनगर भने लिग चरणबाटै बाहिरिएको छ  । विराटनगर लिगबाट बाहिरिने दोस्रो टिम हो । यसअघि लुम्बिनी पनि लिग चरणबाटै बाहिरिइसकेको छ ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी