टिकटकर जोडी आयुष र एलिजे टिकटकमा फर्किए



काठमाडौं । टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली प्लाटफर्ममा फर्किएका छन् । आफूहरुमाथि साइबर बुलिङ भएको भन्दै उनीहरु मंसिर २४ गते प्लाटफर्मबाट गायब थिए ।

लगातार ‘साइबर बुलिङ’ भएको भन्दै उनीहरूले टिकटकबाट ब्रेक लिने घोषणा गरेका थिए । त्यसको एक साता नबित्दै उनीहरु प्लाटफर्ममा फर्किएका हुन् । उनीहरुको टिकटक एकाउन्ट एक्टिभ भएको छ ।

ठकुरीलाई टिकटकमा १३ लाखले पछ्याएका थिए भने पाकिस्तानकी युवती जमालीलाई २२ लाखले पछ्याएका थिए । यी दुबैले इन्गेजमेन्ट गरिसकेका छन् ।

टिकटकमा फर्किएसँगै उनीहरु लाइभमा समेत देखिएका छन् । केही भिडियो पोस्ट समेत गरेका छन् ।

एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । दुबईमा बसोबास गर्दै आएका यी दुईले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए ।

दुई साताअघि आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो । त्यसपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवादलाई लिएर आयुष टिकटकमा ट्रोल बनिरहेका थिए ।

रबि, बालेन, कुलमानसंग कहिल्यै मिल्दिन : हर्क साम्पाङ

काठमाडौं , पुस ११: श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क

निकोलस भुसालको टिमले प्रधानमन्त्रीको राजीनामा माग्दै माइतीघरमा निकाल्यो मसाल जुलुस

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी (Gen-Z) युवाहरूको एक समूहले शुक्रबार राजधानी

कांग्रेस – एमाले चुनावी गठबन्धन तर्फ, छलफल तीव्र

काठमाडौं , पुस ११ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

विप्लव माओवादीको कम्युनबाट थुप्रै बिष्फोटक सामग्री बरामद

काठमाडौं , पुस ११ : अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका-११ बोक्सेस्थित नेकपा बिप्लवको केन्द्रीय

 सामाजिक सञ्जालमा हामी