पशुपतिनाथलाई तातोपानीले नुहाइँदै,मूल मन्दिरमा धनुर्मास पूजा



काठमाडौं: सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा मङ्गलबार रातभर विधिपूर्वक धनुर्मास पूजा आराधना गरिँदै छ ।

पुस महिनाभर सूर्य धनु राशिमा हुन्छन् । प्रत्येक वर्ष पुस महिनामा साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा आराधना गर्ने परम्परा छ । धनुर्मास पूजा गर्नुअघि मङ्गलबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने कार्यक्रम रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बाला चतुर्दशीदेखि चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई पनि चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

परम्पराअनुसार मङ्गलबार रातिदेखि बिहानसम्म धनुर्मास पूजा गरिने कोषका प्रवक्ता कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए ।

धनुर्मास पूजापछि गेडागुडीबाट बनेको खिचडी पशुपतिनाथलाई खुवाइन्छ । मङ्गलबार रातभर धनुर्मास पूजा गरेपछि बुधबार पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । बुधबार अपराह्न १२ बजेदेखि मन्दिर बन्द गरिने उनले बताए । उनका अनुसार उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने गरेको धार्मिक विश्वाससमेत रहेको छ ।

यसै विश्वासमा बुधबार बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ । बेलुकी भने शिवपुरी डाँडाबाट घाम तापेर फर्किने विश्वासमा आरती गरिन्छ । बिहीबार बिहानदेखि नियमित पूजा आराधना गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।

दुई छोरीको हत्या आरोपमा आफ्नै आमा पक्राउ

दाङ : सल्यानमा एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छन्। बुधबार बिहान

दोस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता पुस २६ बाट

खाँदबारी : दोस्रो तीनपोखरी कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिता पुस २६ बाट सङ्खुवासभाको

सातदोबाटोस्थित कल सेन्टरमा CIB को छापा,दुई भारतीय सहित ५३ जना पक्राउ

काठमाडौं: ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् ।केन्द्रीय

फिल्मी शैलीमा सुन लुटपाट

काठमाडौं : काभ्रेपलाञ्चोक घर भएकी सोनु लामा (नाम परिवर्तन) केही दिनअगाडि दुबईबाट नेपाल आइन्।

 सामाजिक सञ्जालमा हामी