पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने



काठमाडौं : लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २०८२ वैशाख १८ देखि २२ गतेसम्म पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा हुने जानकारी दिएको हो । मानविय सेवा गर्ने कम्पनी लायन्स इन्टरनेशनलको स्थापनाको १०७ वर्ष र नेपालमा यसको स्थापना भएको ५३ वर्ष पूरा भएको अवसरमा नेपालको राष्ट्रिय खेल भलिबललाई प्रवर्द्धन गर्दे उद्देश्यले नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल आयोजना गर्न लागेको लायन्सका डिष्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले बताए । लायन्स कप भलिबल प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीले सहभागिता जनाउने छन्। आयोजक लायन्स इन्टरनेसनल नेपालका अनुसार प्रतियोगितामा नेपालका पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश भलिबल संघले सहभागिता जनाउने छन्। यस्तै, पाकिस्तान भलिबल क्लब, इस्लामवादले पनि सहभागिता जनाउने पक्का भइसकेको छ। ‘भारत र इरानको टिमसँग सरसल्लाह भइरहेको छ। सम्झौता गर्न बाँकी छ,’ डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालले भने। उनका अनुसार प्रतियोगिताको विजेताले चार लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेता टोलीले दुई लाख ४४ हजार ४४४ र तेस्रो हुने टोलीले एक लाख ४४ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ र विधागतमा आठ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्।

एमाले अध्यक्षमा केपी शर्मा ओलीको ह्याट्रिक, दुई तिहाई मतसहित विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्

एनपीएलमा सर्वाधिक रन बनाएर प्रेसिडेन्सियल प्लाटिनम क्याप जित्ने एडमलाई ५० हजार नगद पुरस्कार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनमा सर्वाधिक रन बनाउने पोखरा एभेन्जर्सका

बालेन र हर्क मिल्नुपर्छ, म आफैँ गएर अनुरोध गर्न तयार छु : खड्का

काठमाडौं : अभिनेता प्रदीप खड्काले देश जोगाउनुपर्ने बाध्यात्मक अवस्था आए आफू राजनीतिमा आउन

बम बिस्फोट प्रकरण : हर्क साम्पङ नेतृत्व श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा पक्राउ

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा

 सामाजिक सञ्जालमा हामी