एफसी चितवनसँग पहिलोपल्ट हार्‍यो पोखरा थन्डर्स



काठमाडौँ : पोखरा थन्डर्सलाई पहिलोपल्ट पराजित गर्दै एफसी चितवनले जितसहित नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा चितवनले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको हो। यसअघिका दुई खेलमा पनि पोखराले २–१ र १–० को जित निकालेको थियो। यसपल्ट भने चितवनले इतिहास उल्टाउँदै पहिलो जित निकाल्न सफल भएको हो। चितवनको जितमा नोडिर माभलोनोभ र नीरज चौधरीले गोल गरे। जितसँगै चितवनले तीन अंक जोडेको छ। खेलको १४औं मिनेटमै नोडिरको गोलमार्फत चितवनले सुरुआती अग्रता लिएको थियो।
भिक्टर मानसारायले दिएको बललाई नोडिरले पेनाल्टी बक्स लाइनजिकबाट प्रहार गरेका थिए। प्रिसोले सही दिशामा ड्राइभ लगाए पनि बचाउन सकेनन्।त्यसपछि चितवनलाई अर्को गोल गर्न ८० मिनेट कुर्नुपरेको थियो। दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा नीरजले चितवनलाई अर्को गोल दिलाए। मानसारायले काउन्टर अट्याकमार्फत उपलब्ध गराएको बललाई नीरजले गोल गरे। तालिका अनुसार एक खेल खेल्दै जित सगै अब चितवन अंक तालिका को पहिलो स्थान मा रहेको छ।

रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

काठमाडौं : ब्राजिली फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउने

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी