एकताको वातावरण यही घटनाले बिथोलिने खतरा : नेता रिजाल



जेष्ठ ६,काठमाडौं ।नेकपा एमालेका नेता बिष्णु रिजालले नेकपा एमालेको बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको बताउनु भएको छ । आज राष्ट्रियसभामा भएको अन्तर्घात अनि पार्टीका उमेदवार हराइएपछि उहाको यो प्रतिक्रिया आएको हो ।

उहाँको फेसबुकमा रहेको स्टाटस :

नेकपा (एमाले) का लागि राष्ट्रियसभामा एक सिट ठूलो विषय होइन । तर, बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको छ । यही प्रकरणका कारण पार्टी एकता कार्यदलको काम प्रभावित भइसकेको छ भने नेता-कार्यकर्तामा तिक्तता थपिएको छ । पार्टीमा शक्तिशाली नेताहरूको शक्ति र सीमा सबैलाई थाहा छ र यसको थप प्रदर्शन पार्टीको हितमा छैन । घटनाक्रमहरू हेर्दा देश चुनावतिर सोझिंदै गएको छ । यस्तो वेलामा आपसमा आरोप-प्रत्यारोप गर्नु र ‘काशी जान कुतीको बाटो’ रोज्नुको साटो खुलस्त कुरा गरेर एकता छिटो टुंग्याउनुपर्छ । नत्र यसैगरी देखा पर्ने एकपछि अर्को अड्चनहरूले एकतालाई थप जटिल बनाउने र एमालेका विरोधीहरूलाई मात्र फाइदा पुग्ने निश्चित छ ।

हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

काठमाडौं : गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं

फिफा विश्वकप विजेता कार्लोस नेपाल आउने

काठमाडौं : ब्राजिल राष्ट्रिय फुटबल टिमका पुर्व खेलाडी रोबर्टो कार्लोस नेपाल आउने भएका

चितवन र बुटवलबीचको पहिलो हाफ गोलरहित

काठमाडौं । कप्तान एरिक विष्टको सुन्दर फ्रिकिक गोलमा परिणत हुन नसक्दा नेपाल सुपर

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज थाइल्याण्डको

 सामाजिक सञ्जालमा हामी