६१ जिल्लामा कांग्रेसले टुंग्यायो क्रियाशील सदस्यताको काम



१७ जेठ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले ६१ जिल्लाको क्रियाशील सदस्यताको नवीकरण र वितरणको काम सकिएको जानकारी दिएको छ । सोसँगै ६१ जिल्लाको १०१ स्थानको लागि नामावली इन्ट्री गर्ने सफ्टवयर बन्द गरिएको छ ।
क्रियाशील सदस्यतामा कुनै त्रुटि भएमा सच्याउनका लागि नयाँ तर्फको नामावलीका सम्बन्धमा क्षेत्रीय कार्यसमितिले जिल्ला मार्फत केन्द्रमा र नवीकरणतर्फको नामावलीका सम्बन्धमा जिल्ला कार्यसमितिले केन्द्रमा तोकिएको समयभित्र लेखी पठाउन पार्टीले आग्रह गरेको थियो ।

देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भैरहेको २०७ स्थानमध्ये उपरोक्त १०१ स्थान बाहेक बाँकी १०६ स्थानमा बाँकी रहेका नामावली इन्ट्री गर्नका लागि २०७८ जेठ २५ गते राति १२ बजेसम्मका लागि कम्प्युटर सफ्टवेयरलाई खुला गरिएको छ । सम्बन्धित प्रतिनिधि सभा क्षेत्रले नयाँ तर्फको र जिल्लाले नवीकरणतर्फको सम्पूर्ण नामावली तोकिएको मितिभित्र केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा इन्ट्री गर्नु हुन र कुनै त्रुटि भएमा सच्चाउन पार्टीले आग्रह गरेको छ । पार्टीको महाधिवेशन भदौमा तय भएको छ तर समयमा नै क्रियाशील सदस्यताको काम नसकिँदा महाधिवेशनको कार्यतालिका नै प्रभावित भएको छ । क्रियाशील सदस्यताको टुंगोपछि मात्र पार्टीका महाधिवेशनका अन्य कार्यहरु अगाडि बढ्छन ।

चर्को हवाई भाडादरविरुद्ध पर्यटनमन्त्री,२४ घन्टाभित्र भाडादर बुझाउन निर्देशन

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले कात्तिक २४ गते सरोकारवाला निकायहरूसँग छलफल गरी हवाई

अचाक्ली बढ्यो हवाई भाडा,कम्पनी मालामाल, श्रमिक मारमा

  काठमाडौंसामान्यतयाः काठमाडौं–दुबईको हवाई भाडा ४० देखि ४५ हजार थियो। श्रमिकको प्रमुख आकर्षणको

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे नेपाल आउँदै

इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति

काठमाडौं : साइबर अपराधमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न

 सामाजिक सञ्जालमा हामी