एमालेको युवा संघले ब्युताएको युथ फोर्सको अगुवा प्रशिक्षण सम्पन्न,९ गते राजधानीमा बृहत मार्चपास
काठमाडौ : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले युवा दस्ताको रुपमा रहेको युथफोर्सलाई पुन गठन गरे सङै आज उपत्यकाका युवाहरु लाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका युवा नेता महेश बस्नेतले युथ फोर्स फेरि डर लाग्दो,भरलाग्दो र रहरलाग्दो हुने बताउनु भयो । तर वाइसीएल जस्तो अपराध नगर्ने बताउनु भयो ।
युथफोर्सको संयोजक क्षितिज थेवे र सह संयोजकको जिम्बा पुस्प श्रेष्ठलाई दिइएको छ । युथफोर्सले साउन ९ गते काठमाडौमा बृहत मार्चपास पनि गर्ने जनाइएको छ ।