CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा
काठमाडौं : मिति २०८२/०९/१० गते हतियार लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलिले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकाश शाही, जिल्ला मोरङ, लेटाङ नगरपालिका ४ गर भएको वर्ष २२ को शाहिल तिवारी र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई रहेका छन । उनिहरुको साथबाट CF 98 पेस्तोल थान- २ , सो पेस्तोलमा लाग्ने म्यागजिन थान -३ र गोलि थान – २ सहित गोलिको खोका थान- २ बरामद भएको छ ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ ।