माओवादीको सम्मेलन पौषमा,विभिन्न निर्णय गर्दै केन्द्रीय बैठक सम्पन्न



काठमाडौ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । माओवादीले संगठन विस्तार,सदस्यीय दिने र विभिन्न कमिटीको सम्मेलन गर्ने निर्णय गरेको हो ।काठमाडौ । नेकपा माओवादी केन्द्रको जारी केन्द्रिय समितिको बैठक विविध निर्णय गर्दै सम्पन्न भएको छ । माओवादीले संगठन विस्तार,सदस्यीय दिने र विभिन्न कमिटीको सम्मेलन गर्ने निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रिय समितिको बैठकमा अध्यक्ष क.प्रचण्डको प्रस्ताव अनुसार निम्न निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न भएको हो ।
१. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।
२. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला ।
३. २०७८ असोज २० गते वडा सम्मेलन
४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन ।
५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन
६. २०७८ पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने ।
७. संघियताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने ।
८. जनवर्गिय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू अशोज मसान्तासम्म सम्पन्न गर्ने ।
९. जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र दिईने ।
१०. विधान संशोधन सहित पारित गरिएको छ ।
११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने ।
१२. सबै रिक्त कमिटिमा पदपुर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।

सशस्त्र प्रहरीको गोली लागेर सुनसरीमा सफारी चालकको मृत्यु

काठमाडौं : सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले

हर्क साम्पाङले बालेन शाहलाई पराजित गर्ने दाबी

 काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आगामी प्रतिनिधि

रास्वपा र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच राजनीतिक एकतामा सहमति जुटेको छ।

अमेरिका आक्रमण दोहोरियो भने ‘भारी मूल्य चुकाउनु पर्ने’ इरानको चेतावनी

 काठमाडौं : इरानका राष्ट्रपति मसूद पेजेश्कियनले अमेरिका, इजरायल र युरोपसँग आफ्नो देश ‘पूर्णस्तरको युद्ध’मा

 सामाजिक सञ्जालमा हामी