७ लाख संगठित, ६७ लाख पार्टी सदस्य बनाउने एकीकृत समाजवादीको लक्ष्य
कार्तिक ३, काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) अनुसार देशभर सात लाख संगठित सदस्यहरु बनाउने लक्ष्य राखेको छ। अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानिमा एक वडामा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य निर्माण गर्ने अभियान सञ्चालन गर्ने’ उल्लेख छ। जसअनुसार एकीकृत समाजवादीले देशका ६ हजार ७ सय ४३ वडाहरुमा ६ लाख ७४ हजार ३ सय संगठित सदस्य बनाउने लक्ष्यअनुसार अभियान सञ्चालन गर्ने जनाएको छ।